उपनिर्वाचन : कांग्रेसबाट इलाममा खड्का, बझाङमा सिंह

यसको आधिकारिक निर्णय भने आजै साँझ बस्ने केन्द्रीय कार्यसम्पादन समिति बैठकले गर्ने कांग्रेसका एक नेताले बताए ।

नेपालभ्युज

उपनिर्वाचन : कांग्रेसबाट इलाममा खड्का, बझाङमा सिंह

काठमाडौं । आउँदो वैशाख १५ मा हुने इलाम २ को उपनिर्वाचनमा नेपाली कांग्रेसको तर्फबाट डम्बरबहादुर खड्का नै उम्मेदवार बन्ने भएका छन् ।

बिहीबार सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा बसेको बैठकले खड्का (Dambar bahadur khadka) लाई उम्मेदवार बनाउने निर्णय गरेको हो ।

खड्का यसअघि पनि सोही निर्वाचन क्षेत्रबाट पराजित नेता हुन् । त्यसबेला उनी एमालेका सुवासचन्द्र नेम्वाङसँग पराजित भएका थिए । नेम्वाङको निधनपछि त्यहाँ उपनिर्वाचन हुन लागेको हो ।

यस्तै बझाङ प्रदेशसभा १ मा अभिषेक सिंह (Abhishek sing) उम्मेदवार बन्ने भएका छन् । सिंह कांग्रेसका दिवङ्गत सांसद पृथ्वीबहादुर सिंहका छोरा हुन् । सुदूरपश्चिम सरकारमा कानूनमन्त्रीसमेत रहेका सिंहको निधन भएपछि उपनिर्वाचन हुन लागेको हो ।

यसपछि उपनिर्वाचनमा सिंहपुत्र अभिषेकलाई नै उम्मेदवार बनाउने निर्णय कांग्रेसले गरेको हो ।

यसको आधिकारिक निर्णय भने आजै साँझ बस्ने केन्द्रीय कार्यसम्पादन समिति बैठकले गर्ने कांग्रेसका एक नेताले बताए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved