बालेनको चरित्र हत्या गरेको आरोपमा एक कर्मचारी पक्राउ, के हो विवाद ?

नेपालभ्युज

बालेनको चरित्र हत्या गरेको आरोपमा एक कर्मचारी पक्राउ, के हो विवाद ?

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहको चरित्र हत्या गरेको आरोपमा महानगरकै एक कर्मचारी पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा महानगरपालिकाको स्वास्थ्य विभागमा कार्यरत रामप्रसाद पौडेल छन् । उनलाई प्रहरीको साइबर ब्युरोले पक्राउ गरेको हो ।

पौडेलविरूद्ध काठमाडौं जिल्ला अदालतमा साइबर अपराधसम्बन्धी मुद्दा दायर भएको प्रहरीले जनाएको छ ।

के हो विवाद ?

पौडेलले मेयर शाहले एक अर्ब रूपैयाँ खाएको आरोप लगाएका थिए । शाहले सयौं कर्मचारी नियुक्त गरेको र एक अर्ब खाएको भन्दै पौडेलले सामाजिक सञ्जालमा लेखेका थिए ।

पौडेलले स्टाटस लेख्दै भनेका थिए , ‘मेयर बालेनले नियुक्त गरेका १६६ जना र निजहरूले २ वर्षमा खाएको करिब एक अर्ब फिर्ता गर्नुपर्छ यो नगरवासीले तिरेको कर हो, उनको नियत नै रहेछ, उटपट्याङ गरी रहौँ, आखिर म त लोकप्रिय हुन्छु ? अरू ३ करोड नेपालीलाई सामाजिक सञ्जालबाट मूर्ख बनाउँछु ।’

झुटा आरोप लगाएर मेयरको अपमान गरेको भन्दै शाहको तर्फबाट सस्मित पोखरेलले जिल्ला प्रहरी परिसर काठमाडौंमा जाहेरी दिएका थिए ।

पौडेल विगत २१ वर्षदेखि महानगरपालिकको स्वास्थ्य विभागमा रहेर काम गर्दै आएका थिए । सोही क्रममा उनलाई शाहले २०८० पुस १६ गते निलम्बन गरेका थिए ।

महानगरले निलम्बन गरेपछि उनी उच्च अदालत पाटन पुगेका थिए । त्यसपछि पौडेलले सामाजिक सञ्जालमा मेयरविरूद्ध स्टाटस लेखेका थिए ।

पौडेल यसअघि नागरिकता र राहदानी मुद्दामा दोषी ठहर थिए ।

काठमाडौं जिल्ला अदालतले २०७७ माघ ५ गते पौडेललाई २५ हजार रूपैयाँ जरिवाना गरेको थियो । झुटा विवरण पेश गरेर नागरिकता र राहदानी लिएको आरोपमा अदालतले दोषी ठहर गरेको थियो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved