काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले प्रदेश सरकार गठन प्रक्रियामा प्रतिपक्षमा बस्ने भएको छ ।
बुधबार बसेको पदाधिकारी बैठकले प्रदेश सरकार गठनमा सत्ता गठबन्धनलाई साथ नदिने औपचारिक निर्णय गरेको हो । फरक एजेन्डा बोकेर संसदमा रहेको भन्दै गठबन्धनमा सहभागी नगराउने नेकपा एमाले, माओवादी केन्द्रसहितका सत्तागठबन्धन दलका नेताहरुको भनाइपछि रुष्ट राप्रपाले प्रदेशमा गठबन्धनलाई साथ नदिने निर्णय गरेको हो ।
कार्यसम्पादन समितिको केहीदिनअघि बसेको बैठकले तत्काल सरकारमा सहभागी नहुने निर्णय लिएको थियो । कुनै दलको पक्ष विपक्षमा निर्णय लिनु पर्ने अवस्था आए सम्वन्धित प्रदेश कमिटीसँग समन्वय गरी निर्णय लिने अधिकार पदाधिकारी बैठकले अध्यक्षलाई दिएको छ ।
नयाँ सरकार गठनको प्रक्रियामा रहेका लुम्बिनी र गण्डकी प्रदेशमा दलहरुले राप्रपालाई समेत साथमा लिने प्रयास गरिरहेका छन् ।
प्रवक्ता मोहन श्रेष्ठले सत्तागठबन्धनलाई साथ नदिने औपचारिक निर्णय भएको जानकारी दिँदै गठबन्धन इतरका दललाई समर्थन गर्नु पर्ने अवस्थामा अध्यक्षले निर्णय लिने बताए ।
Facebook Comment
Comment