काठमाडौं । एनसेल र महिला उद्यमी महासंघ नेपालले देशव्यापी रुपमा महिला उद्यमीहरुको क्षमता अभिवृद्धि गर्न सहकार्यको थालनी गरेका छन् ।
उक्त सहकार्यबाट महिला सशक्तीकरण र नेपालको सामाजिक–आर्थिक विकासमा योगदान पुर्याउने उदेश्य राखिएको छ ।
सातौं अन्तर्राष्ट्रिय महिला उद्यमी व्यापार मेला २०८० को अवसरमा पारी एनसेल र महिला उद्यमी महासंघले महिला उद्यमीहरूको विकास, दिगो व्यापार वृद्धिका लागि सहजीकरण र जीविकोपार्जनमा सहयोग पुर्याउन एक समझदारी पत्रमा हस्ताक्षर गरेका छन् ।
चैत १६ गते ललितपुरको हेरिटेज गार्डेन, सानेपामा आयोजित सातौं अन्तर्राष्ट्रिय महिला उद्यमी व्यापार मेलाको उद्घाटन समारोहमा महिला उद्यमी महासंघ नेपालकी अध्यक्ष शोभा ज्ञवाली र एनसेलकी कर्पोरेट कम्युनिकेसन तथा सीएसआर हेड विशाखा लक्ष्मी खड्काले सो समझदारीपत्र आदानप्रदान गरे।
Facebook Comment
Comment