विश्व बैंकको प्रक्षेपण : चालु आवमा नेपालको आर्थिक वृद्धि ३.३ प्रतिशतमा सीमित हुन्छ

नेपालभ्युज

विश्व बैंकको प्रक्षेपण : चालु आवमा नेपालको आर्थिक वृद्धि ३.३ प्रतिशतमा सीमित हुन्छ

काठमाडौं । चालु आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धि (Economic Growth) ३ दशमलव ३ प्रतिशतमा सीमित हुने विश्व बैंकले प्रक्षेपण गरेको छ । मंगलबार ‘साउथ एसिया डेभलपमेन्ट अपडेट’ सार्वजनिक गर्दै विश्व बैंक (The world bank) ले यस्तो प्रक्षेपण सार्वजनिक गरेको हो ।

विश्व बैंकले गत जनवरी (पुस) मा नेपालको आर्थिक वृद्धि ३.९ प्रतिशत हुने प्रक्षेपण सार्वजनिक गरेको थियो । तर अहिले त्यसमा केही घटाएको हो । यद्यपि, यस वर्ष नेपाल सरकारले भने देशको आर्थिक वृद्धि ६ प्रतिशत हाराहारी पुग्ने लक्ष्य राखेको छ ।

गत आव २०७९-८० मा नेपालको आर्थिक वृद्धि २.२ प्रतिशत थियो । यो वर्ष मूल्यवृद्धि ६.७ प्रतिशतमा सीमित हुने तथा आगामी वर्षहरूमा क्रमशः ६ प्रतिशत र ५.५ प्रतिशतमा सीमित हुने प्रक्षेपण विश्व बैंकको भनाइ छ ।

आगामी आव नेपालको अर्थतन्त्र ४.६ प्रतिशतले विस्तार हुने प्रक्षेपण समेत विश्व बैंकले गरेको छ । सन् २०२६ मा भने ५.३ प्रतिशत आर्थिक वृद्धि हुने अनुमान विश्व बैंकको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved