सचिवहरूको व्यापक हेरफेर, को कहाँ ?

नेपालभ्युज

सचिवहरूको व्यापक हेरफेर, को कहाँ ?

काठमाडौं । सरकारले सचिवहरूको सरूवा गरेको हो । गत बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न निकायमा कार्यरत सचिवहरूको सरूवा गरेको हो ।

प्रधानमन्त्री कार्यालयका अनुसार वित्त आयोगका सचिव कृष्णबहादुर राउतलाई उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा सरूवा गरिएको छ ।

उद्योग मन्त्रालयका सचिव मुकुन्द निरौलालाई उपराष्ट्रपति कार्यालयमा सरूवा गरिएको छ ।

त्यस्तै, बागमती प्रदेश प्रमुख सचिव घनश्याम उपाध्यायलाई श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा सरूवा गरिएको छ ।

साथै, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव केशव कुमार शर्मालाई ऊर्जा मन्त्रालयमा सरूवा गरिएको छ ।

ऊर्जामा कार्यरत सचिव गोपाल प्रसाद सिग्देललाई भने भौतिक पूर्वाधार मन्त्रालयमा सरूवा गरिएको छ ।

त्यस्तै, उपराष्ट्रपति कार्यालयका सचिव मधुसुदन बुर्लाकोटीलाई स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा पठाइएको छ ।

मधेस प्रदेशका प्रमुख सचिव दिनेश कुमार घिमिरे उद्योग मन्त्रालयको वाणिज्य सचिवमा सरूवा भएका छन् ।

वाणिज्य विभागमा कार्यरत नारायणप्रसाद शर्मा दुवाडीलाई निर्वाचन आयोगमा सरूवा गरिएको छ ।

र, जल तथा ऊर्जा आयोगको सचिवालय सचिव सरिता दवाडीलाई उर्जा मन्त्रालयमा सरूवा गरिएको छ भने त्यहाँ कार्यरत सुशील चन्द्र तिवारीलाई ऊर्जा आयोगमा पठाइएको प्रधानमन्त्री कार्यालयले जनाएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved