पूर्वी चितवनमा इलाका प्रशासन कार्यालय स्थापना गर्न माग

नेपालभ्युज

पूर्वी चितवनमा इलाका प्रशासन कार्यालय स्थापना गर्न माग

काठमाडौं । सांसद हरि ढकालले पूर्वी चितवनमा इलाका प्रशासन कार्यालय स्थापनाको माग गरेका छन् ।

सोमबार बसेको प्रतिनिधिसभा बैठकमा भाग लिँदै सांसद ढकाल (Hari dhakal) ले यस्तो माग गरेका हुन् । “पूर्वी चितवनमा इलाका प्रशासन कार्यालय आगामी आर्थिक वर्षभित्र स्थापना हुनुपर्‍यो,” उनले भने ।

त्यहाँ इलाका प्रशासन कार्यालय स्थापना भए चेपाङ वस्तीले समेत सुविधा पाउने उनले बताए ।

यसैबीच उनले यसपटकको बजेट कनिकाजस्तो नछर्न अर्थमन्त्रीलाई आग्रह गरे । “त्यसो गरियो भने त्यो परम्परागत शैली हुन्छ,” उनले भने, “त्यसले अपेक्षित परिणाम दिँदैन ।”


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved