गृहमन्त्री रविसँग भेटेर हर्क साम्पाङको गुनासो-‘हामीले परिणाम खोज्दा, कर्मचारीले प्रक्रिया खोजे’

नेपालभ्युज

गृहमन्त्री रविसँग भेटेर हर्क साम्पाङको गुनासो-‘हामीले परिणाम खोज्दा, कर्मचारीले प्रक्रिया खोजे’

काठमाडौं । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेसँग धरान उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङको भेट गर्दै सुरक्षाकर्मीका लागि पर्याप्त स्रोत–साधनको माग गरेका छन् ।

भेटमा प्रमुख साम्पाङद्वारा धरानमा इलाका प्रहरी र ट्राफिक प्रहरी कार्यालयको भवन निर्माण, सशस्त्र प्रहरीको गुल्म स्थापना र सुरक्षाकर्मीका लागि पर्याप्त स्रोत–साधनको माग गरेका हुन् ।

कर्मचारीले प्रक्रिया र जनप्रतिनिधिले परिणाम खोज्ने हुँदा काम गर्न कठिन हुने गरेको प्रमुख साम्पाङको गुनासो गरेका छन् ।

जनप्रतिनिधिले मन्त्रालयमै आएर राखेका माग र गरेका गुनासोमा गम्भीर हुने गृहमन्त्रीको भनाइ छ । उनले माग सम्बोधनको प्रक्रिया सुरु गर्न कर्मचारीलाई निर्देशन दिए ।

प्रहरीलाई ‘आम नागरिकलाई भर गलत गर्नेलाई डर’ हुने सङ्गठन बनाउने गृहमन्त्रीको प्रतिबद्धता जनाए ।

गृहमन्त्री र प्रमुख साम्पाङबीच लागू औषध दुर्व्यसनी नियन्त्रणबारे पनि छलफल भएको छ । नशाका लागि विभिन्न थरीका औषधि मिसाएर खाने प्रवृत्ति बढेको तर त्यसविरुद्ध कारबाही चलाउन कानुन नरहेकोबारे प्रमुख साम्पाङद्वारा गृहमन्त्रीलाई ध्यानाकर्षण गराए ।

सप्तकोशीबाट लिफ्टिङ गरी धरानमा पानी ल्याउने बजेट माग्दै हर्क साम्पाङ अर्थ मन्त्रालयमा


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved