उपनिर्वाचनमा भयरहित वातावरण बनाउन गृहमन्त्री लामिछानेको निर्देशन

नेपालभ्युज

उपनिर्वाचनमा भयरहित वातावरण बनाउन गृहमन्त्री लामिछानेको निर्देशन

काठमाडौं । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले इलाम-२ मा बैशाख १५ गते हुने उपनिर्वाचन तयारीबारे जानकारी लिएका छन् ।

इलाममा रहेका मन्त्री लामिछानेले जिल्ला प्रशासन कार्यालय पुगेर निर्वाचन तयारीबारे जानकारी लिँदै भयरहित वातावरणमा मतदान हुने व्यवस्थाका लागि सुरक्षासहित सबै प्रबन्ध मिलाउन निर्देशन समेत दिएका हुन् ।

उनले निर्देशन दिँदै भने, ‘एउटै निर्वाचन क्षेत्रमा हुने भएकाले उपनिर्वाचनको तयारी र सुरक्षासहितका प्रबन्धमा स्रोतसाधनको अभाव नहुने भएकाले तयारीदेखि परिणाम घोषणासम्म मिहिन र जनविश्वसनीय योजना बनाउनुहोला।’

साथै, प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले उपनिर्वाचन तयारीसहित जिल्लाको वस्तुस्थिति, सेवा प्रवाहको अवस्था, सुरक्षा चुनौतीलगायत विषयमा गृहमन्त्री समक्ष जानकारी गराएका छन् ।

प्रजिअ यादवका अनुसार उपनिर्वाचनमा ३ हजार सुरक्षाकर्मी परिचालन गरिने छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved