पत्रकार महासंघले ६९ औं स्थापना दिवस मनाउदै

नेपालभ्युज

पत्रकार महासंघले ६९ औं स्थापना दिवस मनाउदै

काठमाडौं । नेपाल पत्रकार महासंघ(FNJ)ले आज आफ्नो ६९ औं स्थापना दिवस मनाउदैछ ।

वि.सं २०१२ साल चैत १६ गते नेपाली पत्रकारको साझा संस्थाका रुपमा संघको गठन भएको थियो । यही दिनको सम्झनामा महासंघले वर्षेनी विविध कार्यक्रम गरि स्थापना दिवस मनाउदै आएको छ ।

२०५३ जेठ २९ मा संघलाई महासंघमा रुपान्तरण गरिएको थियो । स्थापनाको ६९ औं वर्षमा प्रवेशको अवसरमा महासंघका अध्यक्ष विपुल पोख्रेलले विज्ञप्ति जारी गरी आम नेपाली सञ्चारकर्मी तथा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताका पक्षधरलाई शुभकामना व्यक्त गरेका छन् ।

त्यस्तै सभामुख देवराज घिमिरेले पनि शुभकामना सन्देश जारी गर्दै सम्पूर्ण सञ्चारकर्मीलाई बधाई व्यक्त गरेका छन् । सभामुख घिमिरेले महासंघको स्थापनाकालदेखि आजसम्म आइपुग्दा विभिन्न कालखण्डमा नेतृत्व प्रदान गर्ने अग्रजहरूप्रति पनि उनले सम्मान प्रकट गरेका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved