रूसविरुद्ध एफ–१६ लडाकू विमान प्रयोग भए त्यसलाई निशाना बनाउने पुटिनको घोषणा

नेपालभ्युज

रूसविरुद्ध एफ–१६ लडाकू विमान प्रयोग भए त्यसलाई निशाना बनाउने पुटिनको घोषणा

मस्को । रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनलाई दिइएको एफ–१६ लडाकू विमान तेस्रो पक्षबाट प्रयोग गरिएमा जुनसुकै ठाउँमा भए पनि तिनीहरूलाई निशाना बनाउने चेतावनी दिएका छन् ।

पुटिनले टेभर क्षेत्रका सैन्य चालकहरूसँगको कुराकानीका क्रममा भने, “यदि ती तेस्रो मुलुकका हवाई क्षेत्रहरूबाट प्रयोग गरिन्छ तिनीहरू जहाँ सुकै किन नहोस् तिनीहरू हाम्रो लागि वैध लक्ष्य बन्नेछन् ।

युक्रेनले लामो समयदेखि आफ्ना साझेदारलाई एफ–१६ लडाकू विमान आफूलाई हस्तान्तरण गर्न आग्रह गर्दै आएको छ ।

तथापि, पश्चिमले पाइलट र ग्राउन्ड सर्भिसका कर्मचारीहरूको उचित प्रारम्भिक प्रशिक्षण बिना किएभलाई यस्ता विमानहरू आपूर्ति गर्न असम्भवतामा जोड दिन्छ ।

डेनमार्क, नेदरल्याण्ड्स, संयुक्त राज्य अमेरिका र धेरै अन्य पश्चिमी देशहरू हाल युक्रेनी पाइलटहरूलाई प्रशिक्षण दिन सक्रिय रूपमा संलग्न छन् उनीहरूले एफ–१६ को महत्त्वलाई कम आँक्न नहुने बताएका छन् ।

उत्तर एटलान्टिक सन्धि सङ्गठन (नाटो) का महासचिव जेन्स स्टोलटेनबर्गले यी लडाकु विमानले युक्रेनी सेनाको क्षमतालाई आंशिक रूपमा बलियो बनाए पनि युद्धक्षेत्रको अवस्थालाई आधारभूत रूपमा परिवर्तन गर्न नसक्ने बताएका छन् । सिन्ह्रा


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved