एसइई आजदेखि सुरु, ५ लाख परीक्षार्थी सहभागी हुँदै

नेपालभ्युज

एसइई आजदेखि सुरु, ५ लाख परीक्षार्थी सहभागी हुँदै
फाइल फोटो

काठमाडौं । आजदेखि माध्यमिक शिक्षा परीक्षा SEE(एसइई) परीक्षा सुरु हुदैछ । बिहान ८ बजेदेखि सुरु हुने परीक्षाको पहिलो दिन आज अंग्रेजी विषयको परीक्षा हुनेछ ।

परीक्षा बिहान ११ बजेसम्म सञ्चालन हुने छ ।

राष्ट्रिय परीक्षा बोर्डले परीक्षालाई व्यवस्थित, मर्यादित, निष्पक्ष, भयरहित र शान्तिपूर्ण वातावरणमा सञ्चालन गर्न आग्रह गरेको छ ।

सामुदायिक तथा संस्थागत गरी १० हजार आठ सय ६ वटा विद्यालयका ५ लाख ४ हजार ४ सय १४ परीक्षार्थी परीषामा सहभागी हुदैछन् ।

मुलुकभरका दुई हजार ६४ वटा परीक्षा केन्द्रमा एकै साथ परीक्षा हुन लागेको हो । सबैभन्दा कम मनाङ र मुस्ताङमा एउटा परीक्षा केन्द्रको व्यवस्था गरिएको छ ।

राजधानी काठमाण्डौ(Kathmandu)मा सबै भन्दा बढी एक सय २७ वटा परीक्षा केन्द्र कायम गरिएका छन् ।

यस वर्षको एसईईमा मुलुक बाहिर जापानमा पनि परीक्षा केन्द्रको व्यवस्था गरिएको छ ।

जापानबाट २३ जनाले परीक्षा दिदै छन् । यस वर्षदेखि लेटर ग्रेडिङ निर्देशिका २०७८ लागू भएकाले कक्षा ११ मा भर्ना हुनका लागि सैद्धान्तिकमा ३५ र प्रयोगात्मकमा ४० अंक ल्याउनै पर्ने बाध्यकारी नियम बनाइएको छ ।

आजदेखि सुरु भएको परीक्षा आगामी २७ गतेसम्म सञ्चालन हुने छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved