धनगढीका मेयर गोपाल हमालकी छोरी आरती गोवाबाट सम्पर्कविहीन

नेपालभ्युज

धनगढीका मेयर गोपाल हमालकी छोरी आरती गोवाबाट सम्पर्कविहीन

काठमाडौं । धनगढीका मेयर गोपाल हमाल (गोपी)की छोरी आरती हराएकी छिन् । ओशो साधक हुन गोवामा बस्दै आएकी थिइन् ।

सोमबारदेखि गोवाको ‘जोरबा वाईब आश्विन ब्रिज’बाट सम्पर्कविहीन भएकी हुन् । आरती हराएको उनको साथीबाट खबर आएको मेयर हमालले जनाएका छन् ।

गोवा बस्नेहरूलाई खोजी कार्यमा सहयोग गरिदिन उनले अपिल गरेका छन् ।

उनले भनेका छन्, ‘‘साथै मेरो कान्छी छोरी आर्जु र ज्वाइँ जेठी छोरी आरतीको खोजी गर्न आज रातीको प्लेनमा गोवा पुगि रहेकाले मोबाइल नं 9794096014 , 8273538132, 9389607953 सम्पर्क गरी त्यहाँ आवश्यक सहयोग एवं खोजी कार्यमा सहजीकरण गरिदिन हुन हार्दिक अनुरोध गर्दछु ।’’


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved