काठमाडौं । अदालतले हास्य कलाकार पवन खतिवडा ‘म्याकुरी’लाई ब्ल्याकमेलिङ र कुटपिट गरेको आरोपमा पक्राउ परेकी शर्मिला वाइबालाई धरौटीमा छोड्न आदेश दिएको छ ।
सोमबार काठमाडौं जिल्ला अदालतले वाइबालाई ३५ हजार रुपैयाँ धरौटीमा छोड्न आदेश दिएको हो ।
कुटपिट मुद्दामा १० हजार र विद्युतीय कारोबार मुद्दामा २५ हजार रुपैयाँ धरौटी मागिएको अदालतका सूचना अधिकारी चन्द्रप्रसाद पन्थीले जानकारी दिए ।
यसअघि उनीमाथि सात पटक म्याद थपेर अनुसन्धान भएको थियो ।
‘म्याकुरी’ले प्रहरी वृत्त महाराजगन्जमा ब्ल्याकमेलिङ र कुटपिट तथा अङ्गभङ्ग मुद्दामा दिएको उजुरीको आधारमा प्रहरीले वाइबालाई सिन्धुपाल्चोकको बाह्रबिसेबाट पक्राउ गरेको थियो ।
‘म्याकुरी’की श्रीमती सुम्निमा खालिङले आफूलाई पवनले श्रीमतीको रूपमा घरमा पनि नराखेको र डिभोर्स पनि नदिएको आरोप लगाएकी थिइन् ।
त्यसपछि शर्मिला वाइबालगायतले ‘म्याकुरी’लाई कुटेका थिए । एक युवतीलाई गर्भवती भएको नाटक गर्न लगाएर शर्मिलाले पवनलाई ब्ल्याकमेलिङ गरेको आरोप छ । सो भिडिओ देखाएर शर्मिलाले २५ लाख रुपैयाँ बार्गेनिङ गरेको म्याकुरीले आरोप लगाएका थिए ।
Facebook Comment
Comment