उपनिर्वाचन वैशाख १५

इलाम २ मा सुहाङ नेम्वाङलाई उम्मेदवार बनाउने एमालेको निर्णय

बझाङ १ मा भण्डारी उम्मेदवार

नेपालभ्युज

इलाम २ मा सुहाङ नेम्वाङलाई उम्मेदवार बनाउने एमालेको निर्णय

काठमाडौं । नेकपा (एमाले) ले इलाम २ मा सुहाङ नेम्वाङलाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।

आइतबार बसेको एमाले सचिवालय बैठकले आगामी वैशाख १५ गते हुने संसदीय उपनिर्वाचनमा सुहाङलाई उम्मेदवार बनाउने निर्णय गरेको हो ।

पार्टी उपमहासचिव प्रदीपकुमार ज्ञवालीले भने, “इलाम २ मा सुहाङ नेम्वाङलाई उम्मेदवार बनाउने निर्णय बैठकले गरेको छ ।”

यस्तै बझाङ प्रदेशसभा (१) मा नेता दमन भण्डारीलाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।

सुहाङ गत निर्वाचनमा सोही क्षेत्रबाट निर्वाचित पार्टी उपाध्यक्ष एवं संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङका छोरा हुन् ।

पार्टी जिल्ला कार्यसमितिले सुहाङ सहित अन्य ५ जनाको नाम सिफारिस गरेको थियो । तर, पार्टी केन्द्रले सुहाङलाई उठाउने निर्णय गरेको हो ।

संविधानसभा अध्यक्ष एवम् पूर्वसभामुखसमेत रहेका सुवासचन्द्र नेम्वाङ हृदयघातका कारण गत भदौ २६ गते निधन भएको थियो । त्यसपछि रिक्त उक्त क्षेत्रमा वैशाख १५ मा उपनिर्वाचन हुँदैछ ।

इलाम २ : रास्वपाले सहयोग नगरे प्रतिस्पर्धामा उत्रिने एमालेको उद्घोष


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

न्यूज अपडेट

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved