सरकारको न्यूनतम साझा कार्यक्रम सार्वजनिक गरिदै, शिक्षा, स्वास्थ्य र रोजगारी प्राथमिकतामा

नेपालभ्युज

सरकारको न्यूनतम साझा कार्यक्रम सार्वजनिक गरिदै, शिक्षा, स्वास्थ्य र रोजगारी प्राथमिकतामा

काठमाडौं । सत्ता गठबन्धनले सरकारका न्यूनतम साझा कार्यक्रम आज सार्वजनिक गर्दैछ ।

दिँउसो २ बजे प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयबाट सरकारको न्यूनतम साझा कार्यक्रम सार्वजनिक गर्न लागिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

बिहान १० बजेका लागि पूर्वनिर्धारित कार्यक्रम दिँउसो २ बजेका लागि सारिएको  हो ।  यसअघि बिहान १० बजे सार्वजनिक गर्ने भनिएपनि सत्ता गठबन्धनको मुख्य घटक नेकपा एमाले अध्यक्ष केपी ओली काठमाडौं बाहिर रहेकाले कार्यक्रम सारिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

गत शनिबार सत्ता गठबन्धनको कार्यदलले सरकारको न्यूनतम साझा कार्यक्रमको मस्यौदा प्रधानमन्त्री पुष्पकमल दाहाललाई बुझाइसकेको छ । सोही मस्यौदामा शीर्ष नेताको बैठक बसेर आज सार्वजनिक गर्न लागिएको हो ।

न्यूनतम साझा कार्यक्रममा वित्तिय क्षेत्रमा देखिएका समस्या समाधानलाई प्राथमिकता दिइएको छ । जसमा ठूला सहकारीलाई राष्ट्र बैंकको नियमनभित्र ल्याउने भनिएको छ । शिक्षा, स्वास्थ्य र रोजगारीको विषय पनि मुख्य रुपमा समेटिएको बताइएको छ ।

कार्यक्रममा शिक्षा शुल्क घटाउनेदेखि देशभित्रै रोजगारी सिर्जना गरी युवालाई विदेश जानबाट रोक्ने नीति पनि अघि सारिएको छ ।

न्युनतम कार्यक्रम बनाउन सत्ता घटक ५ दलले १० सदस्यीय कार्यदल गठन गरेका थिए ।

यसलाई सत्तारुढ पाँच राजनीतिक दलले न्यूनतम नीतिगत प्राथमिकता र साझा संकल्प भनेका छन् ।

अघिल्लो वर्षको पुसमा प्रधानमन्त्री भएयताका १५ महिनामा तेस्रो पटक गठबन्धन फेरिएसँगै सरकारले नयाँ साझा कार्यक्रम सार्वजनिक गर्न लागेको हो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved