काठमाडौं । लिभरपुललाई अतिरिक्त समयमा हराउँदै म्यान्चेस्टर युनाइटेड एफ.ए कप फुटबल प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ । आफ्नै मैदान ओल्ड ट्राफोर्डमा भएको खेलमा म्यान्चेस्टर युनाइटेड ४–३ ले विजयी भएको हो ।
खेलको निर्धारित ९० मिनेटमा दुबै टोलीबाट २–२ गोल भयो । म्यान्चेस्टर युनाइटेडका स्कट म्याक्टोमेनी र एन्डर्सनले एक एक गोल गर्दा लिभरपुलका म्याक अलिष्टर र मोहमद सालाहले दुई गोल गरे । अतिरिक्त समयमा लिभरपुलका हार्भे इलियटले गोल गर्दै टोलीलाई फेरी अग्रता दिलाए ।
मार्कस रास्फोर्डले एक गोल थप्दै खेललाई ३–३ गोलको बराबरीमा पुर्याए । अतिरिक्त समयको पनि इन्जुरी टाइममा अमाद दियालोले निर्णायक गोल गर्दै म्यान्चेस्टर युनाइटेडलाई ४–३ ले विजयी गराएका हुन् ।
जितसँगै म्यान्चेस्टर युनाइटेड सेमिफाइनलमा प्रवेश गर्दा लिभरपुलको एकै वर्ष चारवटा उपाधि जित्ने सम्भावना समाप्त भएको छ ।
Facebook Comment
Comment