गण्डकीका प्रदेश प्रमुख भट्टले सम्हाले पद, इमान्दार बन्ने प्रतिबद्धता

नेपालभ्युज

गण्डकीका प्रदेश प्रमुख भट्टले सम्हाले पद, इमान्दार बन्ने प्रतिबद्धता

काठमाडौं । गण्डकीका प्रदेश प्रमुख डिल्लीराज भट्टले पदभार ग्रहण गरेका छन् । नवनियुक्त प्रमुख भट्टले आइतबार प्रदेश प्रमुखको कार्यालय पुगेर पदभार ग्रहण गरेका हुन् ।

जिम्मेवारी सम्हाल्दै उनले प्रदेश प्रमुखको पदमा रहेसम्म इमान्दार बन्ने प्रतिबद्धतासमेत व्यक्त गरे । उनले भने, ‘कानूनको रक्षा गर्दा सबैबाट सहयोग हुने अपेक्षा गरेको छु । गण्डकी प्रदेशको उन्नति, प्रगतीको कामना गर्दछु ।’

मन्त्रिपरिषद्को फागुन २८ गते बसेको बैठकले भट्टलाई गण्डकीको प्रदेश प्रमुख नियुक्त गरेको थियो । भट्ट गण्डकीका पाँचौं प्रदेश प्रमुख हुन् । यसअघि पृथ्वीमान गुरुङ प्रदेश प्रमुख थिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved