पोखरामा आइतबारदेखि डिस्को, दोहोरी, लाइभ म्युजिकलगायत व्यवसाय रातभर खुल्ने

नेपालभ्युज

पोखरामा आइतबारदेखि डिस्को, दोहोरी, लाइभ म्युजिकलगायत व्यवसाय रातभर खुल्ने

पोखरा । पोखरामा आइतबार साँझदेखि डिस्को, दोहोरी, लाइभ म्युजिकलगायत व्यवसायहरु रातभर खुल्ने भएका छन् ।

आइतवार पोखरालाई नेपालको पर्यटकीय राजधानी घोषणा कार्यक्रममा बोल्दै गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले यस्तो घोषणा गरेका हुन् ।

उनले आजै साँझदेखि लागू हुनेगरी निश्चित मापदण्ड बनाएर पोखराको लेकसाइड इलाका, पृथ्वीचोक महेन्द्रपुल, चिप्लेढुंगामा बार, रेष्टुरेण्ट, स्पा, किराना तथा खाजा पसलहरु रातको एक बजेसम्म निर्वाध रुपमा सञ्चालन हुने बताए ।

राउण्ड फेवा, भिउ फेवा ट्रेकिङ ट्रेल आगामी दिनमा सञ्चालन गर्ने पनि प्रतिवद्धता जनाउँदै मुख्यमन्त्री पाण्डेले बेगनास तालमा क्रुज सिप सञ्चालन गर्ने घोषणा गरे । उनले पोखरामा आधुनिक टर्मिनलसहितको बसपार्क निर्माण गर्ने, पोखरालाई वृहत ध्यान केन्द्रको रुपमा एउटा ध्यानकेन्द्र निर्माण गर्ने घोषणा पनि गरे ।

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलदेखि पृथ्वीचोकसम्म स्टल बस सेवा सञ्चालन गर्ने उनको भनाइ छ ।

उनले भने, ‘बेगनास तालमा क्रुज शिप सञ्चालन गरिनेछ । पोखरामा आधुनिक टर्मिनलसहितको बसपार्क निर्माण गरिनेछ । पोखरालाई वृहत ध्यान केन्द्रको रुपमा एउटा वृहत ध्यानकेन्द्र निर्माण गरिनेछ । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलदेखि पृथ्वीचोकसम्म स्टल बस सेवा सञ्चालन गरिनेछ ।’

मुख्यमन्त्री पाण्डेले पोखरामा ५ हजार क्षमताको अन्तर्राष्ट्रिय सभा हलको आवश्यकता रहेको बताए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved