अस्पतालबाट शिशु चोर्ने महिलाविरुद्ध अपरहण मुद्दा दर्ता

नेपालभ्युज

अस्पतालबाट शिशु चोर्ने महिलाविरुद्ध अपरहण मुद्दा दर्ता
थापाथलीस्थित प्रसूति तथा स्त्रीरोग अस्पतालबाट बच्चा चोरेको लैजाँदैगर्दा दैलेखको नौमुलेकी मनकुमारी सिंह (सीसीटीभी फुटेजबाट)

काठमाडौं । थापाथलीस्थित परोपकार प्रसूति गृह तथा स्त्री रोग अस्पतालबाट शिशु चोरेको आरोपमा पक्राउ परेकी दैलेखको महाबु गाउँपालिका–६ कि मनकुमारी सिंहविरुद्ध प्रहरीले मुद्दा दर्ता गरेको छ ।

बच्चा चोरीको आरोपमा पक्राउ परेकी सिंहविरुद्ध प्रहरीले जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो । न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासमा मनकुमारीको बयान भइरहेको छ ।

काठमाडौंको कागेश्वर मनोहरा बस्दै आएकी २७ वर्षीया मनकुमारीविरुद्ध अपहरण तथा शरीर बन्धकको कसुरमा मुद्दा दायर भएको जिल्ला प्रहरी परिसर काठमाडौंको मुद्दा शाखाका डीएसपी अंगुर जिसीले बताए ।

मनकुमारीले अपहरण तथा शरीर बन्धकको कसुर गरेको भन्दै मुलुकी फौजदारी अपराध संहिताको दफा २१३ बमोजिम सजाय माग दाबी गरिएको छ ।

गत फागुन ११ गते काभ्रेकी एक जना महिलाको २६ दिनको शिशु मनकुमारीले चोरी गरेकी थिइन् । प्रहरीले सोही राति १२ बजेतिर काँडाघारीबाट ती महिलालाई पक्राउ गरेको थियो भने शिशुको उद्दार गरेको थियो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved