हेमा मालिनीलाई चुम्बन गर्न चाहन्थे यी अभिनेता

नेपालभ्युज

हेमा मालिनीलाई चुम्बन गर्न चाहन्थे यी अभिनेता

एजेन्सी । बलिउड अभिनेत्री हेमा मालिनी (Hema Malini) ले १४ वर्षको उमेरदेखि नै फिल्ममा काम गर्न थालेकी थिइन । उनको पहिलो फिल्म ‘सपनों का सौदागर’ थियो ।

पहिलो फिल्मको सफलतापछि हेमाले कहिल्यै पछाडि फर्किएर हेर्नु परेन । हेमाले धेरै वर्षसम्म एकपछि अर्को हिट फिल्म दिइन् र थुप्रै सुपरस्टारहरुसँग काम गरिन् ।

हेमाको एउटा राम्रो खुबी के थियो भने उनी आफ्नो इच्छा विपरित कुनै पनि काम गर्दैनथिन् । हेमाले फिरोज खान (Firoj Khan) को मन दुखाइसकेकी थिइन् ।

रिपोर्टअनुसार फिरोजले हेमालाई एक फिल्ममा चुम्बन गर्न चाहन्थे । तर, हेमाकी आमाले यस्तो हुन दिइनन् ।

हेमा र फिरोजको यो किस्सा फिल्म ‘धर्मात्मा’सँग जोडिएको छ । फिल्म ‘धर्मात्मा’ फिरोज खान स्वयम्ले बनाएको फिल्म थियो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved