पोखरालाई पर्यटकीय राजधानी घोषणा गरिदैँ, २४ सैं घण्टा व्यवसाय खोल्न पाइने

नेपालभ्युज

पोखरालाई पर्यटकीय राजधानी घोषणा गरिदैँ, २४ सैं घण्टा व्यवसाय खोल्न पाइने

काठमाडौं । गण्डकी प्रदेशको राजधानी पोखरालाई आज पर्यटकीय राजधानी घोषणा गरिदैछ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको उपस्थितीमा पर्यटकीय राजधानी घोषणा गर्न लागिएको हो ।

गण्डकी सरकार, पोखरा महानगर, छिमेकी पालिकाहरु, पर्यटन सम्बद्ध विभिन्न संघसंस्था तथा उद्योग वाणिज्य संघको पहलमा पोखरालाई नेपालकै पर्यटन राजधानी घोषणा गर्न लागिएको हो ।

कार्यक्रममा सहभागी हुन प्रधानमन्त्री प्रचण्ड हिजै पोखरा पुगेका छन् । पर्यटकीय नगरी घोषणा कार्यक्रमको अवसरमा बसुन्धारा पार्कदेखि विभिन्न झाँकीसहितको ¥याली निकालिने छ ।

झाँकीसहितको र्‍याली  बाराहीघाटमा पुगेर घोषणा सभामा सहभागी हुने छ । फेवातालस्थित बाराहीघाटमा घोषणासभाको औपचारिक कार्यक्रमको आयोजना गरिएको महानगरपालिकाका मेयर धनराज आचार्यले जानकारी दिए ।

पोखराको पर्यटन क्षेत्रको विकास र गण्डकी प्रदेशकै अर्थतन्त्रमा सहायेग पुर्‍याउने उद्देश्यले पोखरालाई पर्यटकीय राजधानी घोषणा गर्न लागिएको मेयर आचार्यले बताए । अल्पकालीन, मध्यकालीन र दीर्घकालीन योजनाका साथमा पोखरालाई पर्यटकीय राजधानीका रुपमा विकास गरिने आचार्यले बताए ।

राजधानी घोषणा गरिएसँगै आइतबारदेखि पोखरामा अधिकांश व्यवसाय राति १ बजेसम्म सञ्चालन गर्न पाइने भएको छ । केही व्यवसाय भने मापदण्ड पूरा गरेर २४ सै घण्टा पनि खुला गर्न पाइने जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

कार्यक्रममा सहभागिताका लागि चीन र भारतसहित विभिन्न देशका राजदूतहरुलाई पनि निमन्त्रणा गरिएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved