सरकारले अर्थतन्त्रको वस्तुगत धरातलमा आधारित भएर बजेट ल्याउनुपर्छ : स्वर्णिम वाग्ले

नेपालभ्युज

सरकारले अर्थतन्त्रको वस्तुगत धरातलमा आधारित भएर बजेट ल्याउनुपर्छ : स्वर्णिम वाग्ले

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति डा. स्वर्णिम वाग्ले आगामी आर्थिक वर्षको बजेट वस्तुगत धरातलमा आधारित भएर ल्याउन अर्थमन्त्रीलाई सुझाव दिएका छन् ।

बिहीवार प्रतिनिधि सभा बैठकको बजेटका प्राथामिकता र सिद्धान्तमाथि छलफलमा भाग लिँदै उपसभापति वाग्लले यस्तो सुझाव दिएका हुन् ।

वाग्लेले पछिल्लो समय मुलुकको सार्वजनिक वित्तमा संकट देखिएको भन्दै त्यो विषयमा सरकार गम्भिर हुन आवश्यक रहेको बताए ।

चालु आर्थिक वर्षको ८ महिनाको वित्तीय अवस्था दयनिय रहेको उनले बताए ।

उनले चालु आर्थिक वर्षको ८ महिना ८ खर्ब खर्च रहेको भन्दै चालु खर्च ५ खर्ब ८२ अर्ब, पुँजीगत खर्च ८१ अर्ब र वित्तीय व्यवस्थापन १ खर्ब ३८ अर्ब रहेको जानकारी दिए ।

राजश्व संकलन ६ खर्ब ३९ अर्ब रुपैयाँ रहेको भन्दै लक्ष्य पूरा गर्न नसक्ने अवस्थामा रहेको उनको भनाई छ ।

साथै, उनले निःवर्तमान अर्थमन्त्री डा.प्रकाशशरण महत ८ महिनामा बजेट कार्यान्वयन गर्न नसक्ने असफल अर्थमन्त्रीका रुपमा प्रस्तुत भएको दाबी गरे ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved