तपाईंलाई थाहा छ ? फोनमा हुने सानो प्वालको काम के हो ?

नेपालभ्युज

तपाईंलाई थाहा छ ? फोनमा हुने सानो प्वालको काम के हो ?

एजेन्सी । धेरै एन्ड्रोइड फोनमा माथितिर एउटा सानो प्वाल हुने गर्छ । फोन प्रयोगकर्ताले ध्यान दिँदैनन् तर यो सानो प्वाल एकदमै काम लाग्ने हुन्छ ।

फोनमा एउटा माइक तलतिर हुन्छ र दोस्रो माथितिर कानको नजिक हुन्छ । मुख नजिकको माइकले हाम्रो आवाजलाई तुरुन्त लिने गर्छ ।

दोस्रो माइक्रोफोनको प्रयोग नोइज क्यान्सिलेशनका लागि गरिन्छ । यसले मुख्य माइक्रोफोन प्रयोग गरेर सुनिने आवाज फिल्टर गर्छ ।

यसले आफ्नो आवाजसँगै आउने हल्ला कम गर्दछ । तपाईंको कलको आवाजलाई दोस्रोतिर राम्रोसँग सुनिने बनाउँछ । जब तपाईं फोनमा कुरा गर्नुहुन्छ दुवै माइक एकसाथ सक्रिय हुन्छन् ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved