राष्ट्रिय सभाकी उपाध्यक्ष अर्यालले राजीनामा दिँदै

नेपालभ्युज

राष्ट्रिय सभाकी उपाध्यक्ष अर्यालले राजीनामा दिँदै

काठमाडौं । राष्ट्रिय सभाकी उपाध्यक्ष उर्मिला अर्यालले पद छाड्ने भएकी छन् ।

नयाँ गठबन्धन निर्माण भएर राष्ट्रिय सभाको अध्यक्षमा नेकपा माओवादी केन्द्रका सांसद नारायणप्रसाद दाहाल निर्वाचित भएपछि अर्यालले पद छाड्ने घोषणा गरेकी हुन् ।

नेपालभ्युजसँगको कुराकानीमा उपाध्यक्ष अर्यालले भोली (बुधबार) राजीनामा दिने बताइन् ।

राजनीतिक घटनाक्रम र गठबन्धनका दलहरुबीच उपाध्यक्ष पद अर्को दललाई दिने सहमति भइसकेकोले राजीनामा दिन लागेको उनले बताइन् ।

अर्याल २३ माघ २०७९ मा उपाध्यक्षमा निर्विरोध निर्वाचित भएकी थिइन्।


Comment

One thought on “राष्ट्रिय सभाकी उपाध्यक्ष अर्यालले राजीनामा दिँदै

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved