पाकिस्तानको राष्ट्रपतिमा दोस्रो पटक आसिफ अली जरदारी निर्वाचित

नेपालभ्युज

पाकिस्तानको राष्ट्रपतिमा दोस्रो पटक आसिफ अली जरदारी निर्वाचित

काठमाडौं । पाकिस्तानको राष्ट्रपतीय निर्वाचनमा आसिफ अली जरदारी निर्वाचित भएका छन् । सत्तारुढ गठबन्धनका उम्मेदवार जरदारी दोस्रो पटक पाकिस्तानको १४ औं राष्ट्रपतिमा निर्वाचित भएका हुन् ।

उनी सन् २००८ देखि २०१३ सम्म राष्ट्रपति भएका थिए ।

निर्वाचन आयोगका अनुसार जरदारीले ४११ मत ल्याएर निर्वाचित भएका हुन् । जरदारीका प्रतिद्वन्द्वी विपक्षी दलका संयुक्त गठबन्धनका उम्मेदवार महमुद खान अचकजाईले १८१ मत प्राप्त गरेका छन् ।

६८ वर्षीय जरदारी गत फेब्रुअरीमा भएको आम निर्वाचनमा राष्ट्रिय सभा सदस्य निर्वाचित भएका थिए । राष्ट्रपतिको शपथ लिनुअघि उनले राष्ट्रिय सभाबाट राजीनामा दिने छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved