दुध बढाउन सुत्केरीले अपनाउनुपर्ने ६ उपाय

नेपालभ्युज

दुध बढाउन सुत्केरीले अपनाउनुपर्ने ६ उपाय

एजेन्सी ।  सुत्केरी भएका बेला केही महिलालाई दुध कम आउने समस्या हुन्छ । आमाको प्रयाप्त दुध नआउँदा बच्चालाई विभिन्न समस्या हुन्छ । दुध कसरी बढाउन सकिन्छ भन्नेबारे जानौं ।

मेथीका दानाले महिलाको दुध बढाउन सहयोग हुन्छ । यस्तोमा रातभर मेथी दानालाई भिजाएर अर्को दिन खानुहोस् वा मेथीलाई चामल र दुधसँग पकाएर खानुहोस् ।

मेथीको साग पनि दुध बढाउनका लागि एकदमै फाइदाजनक हुन्छ । मेथीको साग भुटेर तपाईं चामलसँग खान सक्नुहुन्छ । यसले सुत्केरीको तौल पनि नियन्त्रणमा राख्न सहयोग गर्छ ।

त्यस्तै, लसुन पनि स्वास्थ्यका लागि एकदमै फाइदाजनक हुन्छ । यसलाई खाँदा पनि दुध बन्ने क्षमता बढ्छ । खाना पकाउने समयमा लसुन तथा प्याजलाई समावेश गराउनुहोस् ।

बच्चालाई दुध चुसाइरहँदा पनि यसको बन्ने प्रक्रिया बढ्छ । त्यसैले समय-समयमा बच्चालाई दुध चुसाउने गर्नुहोस् ।

खानपानमा हरेक प्रकारका तरकारी तथा फल समावेश गर्नुहोस् । साथमा शरीरलाई हाइड्रेट राख्न पनि एकदमै जरुरी हुन्छ ।

कतिपयले सुत्केरीलाई चिसो हुन्छ भनेर पानी कम दिन्छन् जुन एकदमै गलत हो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved