हिउँमा फसेर अलपत्र परेकाहरूको सकुशल उद्धार

नेपालभ्युज

हिउँमा फसेर अलपत्र परेकाहरूको सकुशल उद्धार

सुर्खेत । जुम्लाको तातोपानी गाउँपालिका–४ स्थित गिडिदह बजेडी पाटनमा अलपत्र परेका ८ जनालाई हेलिकोप्टरबाट उद्धार गरिएको छ । हिउँमा फसेर अलपत्र परेकाहरुको सकुशल उद्धार गरिएको हो ।

जडीबुटी सङ्कलनका लागि गिडिखोलाको धप्के पाटनमा गएका ६ महिला र २ पुरुषसहित ८ जना हिउँमा फसेपछि अलपत्र परेका थिए ।

नेपाली सेनाको हेलिकप्टरको साहायतामा बुधबार दिउँसो उनीहरुको उद्धार गरिएको हो ।

मध्य तातोपानी गाउँपालिका वडा नम्बर ७ का दिया रावत, हरिशोभा रावत, सशिला रावत, गोरी रावत, जगमति रोकाया र वडा नम्बर ८ का अत रावत, संसार रावत र गोरी रावतलाई उद्धार गरिएको हो ।

उनीहरु फागुन १८ गतेदेखि हिउँमा फसेका थिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved