जसपा तत्काल सरकारमा नजाने, मधेसको मुख्यमन्त्री जसले दिन्छ उसैलाई समर्थन !

नेपालभ्युज

जसपा तत्काल सरकारमा नजाने, मधेसको मुख्यमन्त्री जसले दिन्छ उसैलाई समर्थन !

काठमाडौं । जनता समाजवादी पार्टी तत्काल सरकारमा सहभागी नहुने भएको छ । जसपाले मधेस प्रदेशमा नेतृत्व सुनिश्चित नभएसम्म अहिलेको सरकारमा सहभागी नहुने जनाएको छ ।

अध्यक्ष उपेन्द्र यादवले बिहान पार्टीका नेताहरुसँग छलफल गरेका छन् । अनौपचारिक बैठकमा मधेस सरकारको नेतृत्व दिने प्रतिवद्धता नजनाएसम्म सरकारमा नजाने सहमति भएको एक नेताले जानकारी दिए ।

यदि अहिलेको गठबन्धनले मधेसको मुख्यमन्त्री नदिने अवस्थामा जसपा नयाँ गठबन्धनमा जानसक्ने समेत ति नेताले बताए । उनी भन्छन्, ‘कांग्रेससँग पनि कुराकानी भइरहेको छ । यदि यो गठबन्धनका दल मधेसको मुख्यमन्त्री जसपालाई छाड्न तयार भएनन् भने नयाँ समीकरण समेत बन्न सक्छ । जसले मुख्यमन्त्री दिन्छ हामी त्यतै जान्छौं ।’

प्रतिनिधिसभामा जसपाका १२ जना सांसद छन् । अहिलेको गठबन्धनमा बहुमत पुर्‍याउन जसपा निर्णायक जस्तै छ । जसपा बाहिरिनासाथ गठबन्धन नै धरापमा पर्न सक्छ । मधेसको मुख्यमन्त्रीमा जनमत पार्टीले समेत दाबी गरिरहेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved