काठमाडौं । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले सबै दलसँग मिलेर अघि बढ्न तयार रहेको बताएका छन् ।
मंगलबार पत्रकार सम्मलेन गर्दै मुख्यमन्त्री शाहले प्रदेशसभामा कांग्रेस सबैभन्दा ठूलो पार्टी भएकाले सबै दललाई मिलाएर लैजाने दायित्व आफ्नो भएको बताएका हुन् ।
उनले पुरानै गठबन्धन कायम राख्न आफू सबै विकल्पमा खुला रहेको बताएका छन् । मुख्यमन्त्री पदमा समेत विचार गर्न सकिने शाहको भनाई छ ।
मन्त्रीहरुको जिम्मेवारी खोसिएकै कारण दलहरुसँग संवाद बन्द नहुने उनले बताए । राष्ट्रिय राजनीतिका कारण मन्त्रीहरुलाई बर्खास्त गर्नुपर्ने अवस्था आएको उनको भनाई छ ।
मंगलबार मुख्यमन्त्री शाहले माओवादी केन्द्रबाट मन्त्री बनेका रमेश धामी, झपटबहादुर साउँद र राज्यमन्त्री गीतादेवी माललाई बर्खास्त गरेका थिए ।
साविकको गठबन्धनका सबै दलसँग संवादमा रहेको उनले बताए ।
Facebook Comment
Comment