शालीन मृत्यु प्रकरण: पक्राउ परेकालाई थप ४ दिन हिरासतमा राख्न अनुमति

नेपालभ्युज

शालीन मृत्यु प्रकरण: पक्राउ परेकालाई थप ४ दिन हिरासतमा राख्न अनुमति

काठमाडौं । चितवनको रत्ननगर नगरपालिका-१० मा रहेको शिशु निकेतन माविको छात्रावासमा शालीन पोखरेल मृत्यु घटनामा पक्राउ परेका तीन जनालाई थप ४ दिन हिरासतमा राख्न प्रहरीले अनुमति पाएको छ।

सोमबार जिल्ला अदालत चितवनले पक्राउ परेका तीन जनालाई थप चार दिन हिरासतमा राख्न अनुमति दिएको हो ।

फागुन १२ गते बिहान होस्टेलको पंखामा पोखरेल मृत फेला परेकी थिइन् ।

शालीनको पोस्टमार्टम रिपोर्ट : मृत्युको कारण ह्याङ्गिङ, देखिएन बलात्कार

घटनामा प्रहरीले फागुन १५ गते प्रधानाध्यापक ६० वर्षीय बालहरि देवकोटा, सहप्रधानाध्यापक ४० वर्षीय किरणबहादुर अधिकारी र होस्टल वार्डेन ४८ वर्षीय कमल शर्मा पौडेललाई पक्राउ गरेको थियो ।

उनीहरूलाई सुरूमा अदालतले ७ दिन हिरासतमा राख्न अनुमति दिएको थियो।

झुन्डिएर आत्महत्या गरेको भनिएकी शालीनको यौनाङ्ग र गालामा कसरी चोट ?


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved