काठमाडौं । नयाँ मन्त्रिमण्डल गठनबारे छलफल गर्न नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बालुवाटार पुगेका छन् ।
पार्टीको सचिवालय बैठक सकेर प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई भेट्न बालुवाटार पुगेका हुन् ।
एमाले, माओवादीलगायत दलहरूले नयाँ समीकरणमा सरकार बनाउने समझदारी भइसकेको एमाले नेता सुरेन्द्र पाण्डेले बताएका छन् । उनका अनुसार आजै नयाँ मन्त्रीमण्डल बन्ने छ ।
बालुवाटारमा बसेको नेकपा माओवादी केन्द्रको पदाधिकारी र बालकोटमा जारी नेकपा एमालेको सचिवालय बैठकले आजै नयाँ मन्त्रिमण्डलको तयारी गरेको छ । त्यो संगै शीर्ष नेताहरु भेट्न लागेका हुन् ।
गएराति अबेरसम्म प्रधानमन्त्री प्रचण्ड, एमाले अध्यक्ष केपी शर्मा ओली, रास्वपा सभापति रवि लामिछाने र जसपा अध्यक्ष उपेन्द्र यादवबीच भएको छलफलमा सत्ता गठबन्धन परिवर्तनबारे कुराकानी र सहमति भएको थियो ।
Facebook Comment
Comment