उचित सहमतिका आधारमा प्रधानमन्त्रीको हेरफेर हुनसक्छ : परराष्ट्रमन्त्री साउद

नेपालभ्युज

उचित सहमतिका आधारमा प्रधानमन्त्रीको हेरफेर हुनसक्छ : परराष्ट्रमन्त्री साउद

भैरहवा । परराष्ट्रमन्त्री एवं नेपाली कांग्रेसका केन्द्रीय सदस्य एनपी साउदले सत्ता गठबन्धन पाँच वर्षसम्म टिक्ने बताएका छन् ।

नेपाली कांग्रेस क्षेत्रीय कार्यसमिति, क्षेत्र नं ३ रुपन्देहीले आज भैरहवामा आयोजना गरेको अर्न्तक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उनले प्रजातन्त्र रक्षाका लागि गठबन्धनको आवश्यकता औँल्याए ।

उनले प्रधानमन्त्रीको हेरफेर हुनसक्नेसमेत बताए ।

“जनताबाट अनुमोदित गठबन्धन भएकाले मन्त्रीको हेरफेर हुनसक्छ, उचित सहमतिका आधारमा प्रधानमन्त्रीको हेरफेर हुनसक्छ, तर गठबन्धन पाँच वर्षका लागि चलाउनुपर्छ”, मन्त्री साउदले भने ।

फरक प्रसङ्गमा मन्त्री साउदले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनका लागि सरकार प्रतिबद्ध रहेको बताएका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved