रास्वपाद्वारा भरतपुर भ्रमण वर्षको विरोध, भन्यो- चितवनमा अरू पालिका पनि छन्

नेपालभ्युज

रास्वपाद्वारा भरतपुर भ्रमण वर्षको विरोध, भन्यो- चितवनमा अरू पालिका पनि छन्

काठमाडौं । चितवनको भरतपुर महानगरपालिकाको आयोजनामा ‘घुमौँ भरतपुर’ भन्ने नारासहित हुन लागेको भरतपुर भ्रमण वर्ष २०२४ को रास्वापाका सांसदले विरोध जनाएका छन् ।

चितवनकै सांसद हरि ढकालले चितवन भनेको भरतपुर मात्र नभएको भन्दै विकट गाउँठाउँको पनि विकास र प्रवर्द्धनमा सरकारको ध्यानाकर्षण गराए ।

शुक्रबार संसदमा बोल्दै उनले यस्तो बताएका हुन् । ढकालले भने ‘‘चितवन भनेको भरतपुर मात्र होइन, माडी र इच्छाकामना पनि हो । पूर्वी भूगोल पनि हो । चितवन भनेको भरतपुर मात्रै होइन । अरू पनि छन् भनेर स्मरण गराउन चाहन्छु ।’’

भ्रमण वर्षको नारायणी नदी–किनारमा शुक्रबार नै औपचारिक रूपमा उद्घाटन गरिँदै छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved