युक्रेनमा स्थलगत हस्तक्षेप नगर्न पुटिनको चेतावनी

नेपालभ्युज

युक्रेनमा स्थलगत हस्तक्षेप नगर्न पुटिनको चेतावनी

काठमाडौं । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले पश्चिमी देशहरूलाई युक्रेनमा स्थलगत हस्तक्षेप नगर्न चेतावनी दिएका छन् ।

सन् २०२४ को रुसी राष्ट्रपतीय निर्वाचनको दुई साताअघि राष्ट्रका नाममा वार्षिक सम्बोधन गर्दै पुटिनले पश्चिमी देशहरूलाई युक्रेनमा सेना पठाउने योजनामा विचार गर्न चेतावनी दिएका हुन् ।

‘उनीहरूले बुझ्न आवश्यक छ कि हामीसँग पनि हतियारहरू छन्, जसले उनीहरूको क्षेत्रमा लक्ष्यहरू प्रहार गर्न सक्छ,’ पुटिनले भने ।

रुसी जनतालाई रुसोफोबियाको सिकार बनाइएको पुटिनको भनाई छ ।

उनले पश्चिमी बयानबाजीले आणविक युद्धको खतरा सिर्जना गरेको र यसको परिणाम सभ्यताको विनाश हुने बताए ।

अमेरिकाले रुसलाई हतियारको दौडमा तानेको पुटिनले आरोप लगाए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved