केपी ओली कपको उपाधिका लागि मच्छिन्द्र र एनआरटी भिड्ने

नेपालभ्युज

केपी ओली कपको उपाधिका लागि मच्छिन्द्र र एनआरटी भिड्ने

काठमाडौं। मछिन्द्र एफसी केपी ओली कप फुटबलको फाइनलमा पुगेको छ।

बिहीबार भएको दोस्रो सेमिफाइनल खेलमा मछिन्द्रले भारतको मानेभन्ज्याङ्ग एफसीलाई ५–० को फराकिलो गोलअन्तरले पराजित गरेको हो । साविक विजेता मछिन्द्रका लागि विमल घर्ती मगर, स्टेफन विनोङ, हिसुब थपलिया, देवेन्द्र तामाङ र आयुष घलानले गोल गरे।

खेलको २६ औँ विमलले गोल गर्दै मछिन्द्रलाई अग्रता दिलाए। २८ औँ विनोङले मछिन्द्रका लागि दोस्रो गोल गरे। हिसुबले ३६ औँ मिनेटमा मछिन्द्रका लागि तेस्रो गो गरे। मछिन्द्रको लागि ५३ औँ मिनेटमा देवेन्द्रले चौथो गोल गरे। इन्ज्यूरी समयमा आयुषले मछिन्द्रको लागि पाँचौँ गोल गरे।

मच्छिन्द्रले विभागीय टोली नेपाल पुलिस क्लवलाई ४–० र मानेभञ्ज्याङले भारतकै दिल्ली एफसीलाई ३–१ ले हराउँदै सेमिफाइनललमा स्थान बनाएका थिए ।

यसअघि भएको पहिलो सेमिफाइनलमा जावलाखेलाई पराजित गर्दै एनआरटी फाइनल पुगेको छ । शनिबार दशरथ रंगशालामा हुने फाइनल खेलमा एनआरटी र मछिन्द्र भिड्ने छन् ।

विजेताले ११ लाखर र उपविजेताले ५ लाख रुपैयाँ प्राप्त गर्नेछन्। २ विदेशी टोलीसहित कुल १० टोलीले प्रतियोगितामा सहभागीता जनाएका थिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved