केपी ओली कप : जाउलाखेललाई हराउँदै एनआरटी फाइनलमा

नेपालभ्युज

केपी ओली कप : जाउलाखेललाई हराउँदै एनआरटी फाइनलमा

काठमाडौं । न्युरोड टिम (एनआरटी) केपी ओली कप राष्ट्रिय फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।

दशरथ रङ्गशालामा बिहीबार भएको खेलमा जावलाखेल युथ क्लबलाई ३–० गोलअन्तरको जित निकाल्दै एनआरटी फाइनलमा प्रवेश गरेको हो ।

एनआरटीको जितमा सञ्जिव विष्टले दुई गोल गरे भने विवेक गुरुङले एक गोल थपे ।

खेल सुरु भएको पाँच मिनेटमै विवेकले गोल गर्दै एनआरटीलाई अग्रता दिलाए भने खेलको ५०औँ मिनेटमा सञ्जिवले अर्को गोल गरेर टोलीको अग्रतालाई अझ अघि बढाए । पहिलो गोल गरेको सात मिनेटपछि सन्ञ्विले पुनः दोस्रो गोल गरे ।

त्यसपछि खेलमा कुनै गोल हुन सकेन र एनआरटीको जित सुनिश्चित भयो ।

यसअघि एनआरटी थ्री स्टारलाई १–० तथा जावलाखेल आयोजक केपी ओली एफसीलाई २–१ ले पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेका थिए ।

प्रतियोगितामा विजयी हुने टोलीले रु ११ लाख तथा दोस्रो स्थान हासिल गर्ने टोलीले रु पाँच लाख नगद पुरस्कार प्राप्त गर्नेछन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved