के गर्भावस्थाको सुरुआती दिनमा हिँड्दा गर्भपात हुन्छ ?

नेपालभ्युज

के गर्भावस्थाको सुरुआती दिनमा हिँड्दा गर्भपात हुन्छ ?

एजेन्सी । गर्भावस्थाको समयमा महिलालाई विभिन्न खाले सल्लाह दिइन्छ । त्यस्तैमध्ये  कतिपयले गर्भावस्थाको सुरुआती दिनमा गर्भवतीले धेरै कसरत गर्ने वा हिँड्डुल गर्नुहुँदैन यसले गर्भपात हुन सक्ने सम्भावना हुन्छ भनेर पनि सल्लाह दिइरहेका हुन्छन् । आज यसबारे जान्ने प्रयास गर्नेछौं ।

धेरै अध्ययनबाट यो कुराको पुष्टि भइसकेको छ कि गर्भावस्थाको सुरुआती दिनदेखि नै महिलाले करीब ३० मिनेटको कसरत गर्नुपर्दछ । यो एकदमै सुरक्षित छ । साँचो कुरा यो हो कि गर्भावस्थामा कसरत गर्नाले समयअघि गर्भपात, एबनर्मल गर्भ जस्ता समस्या कम हुन्छन् ।

त्यस्तै नियमित कसरत गरिराख्यो भने प्रसव पिडाको बेला धेरै पीडा पनि हुँदैन । नर्मल डेलिवरीको सम्भावना पनि बढ्छ । यसले बच्चाको विकास पनि राम्रो तरिकाले हुन्छ । जहाँसम्म गर्भावस्थाको सुरुआती दिनमा मर्निंग वाक गर्ने कुरा छ, यो एकदमै सुरक्षित छ । महिलाले यो समयमा मर्निंग वाक मात्र नभएर हल्का दौडन पनि सक्छन् ।

गर्भावस्थाको सुरुआती दिनमा कस्तो कसरत नगर्ने ?

गर्भावस्थाको सुरुआती दिनमा कसरत तथा मर्निंग वाक गर्नु एकदमै सही हुन्छ । तर, यो कुरा पनि साँचो छ कि महिलाले यस्तो समयमा केही विशेष प्रकारका कसरत गर्नबाट बच्नुपर्छ । यसले गर्भपात तथा डेलिवरीमा समस्या उत्पन्न गराउन सक्छ ।

हेवी वेट लिफ्टिंग : त्यसो त तौल उठाउने खालको कसरत राम्रो हुन्छ । तर, गर्भावस्थामा हेवी वेट लिफ्टिंग गर्नु हुँदैन । कुनै पनि अवस्थामा तौललाई सन्तुलन गर्न नसक्दा यसले स्वास्थ्यमा नराम्रो असर गर्न सक्छ ।

स्कूबा डाइविंग : गर्भवती महिलाले स्कूबा डाइविंग पनि गर्नु हुँदैन । स्कूबा डाइविंग गहिरो पानीमा गरिन्छ । गहिरो पानीमा जाँदा शरीरमा प्रेसर बढ्छ । यो गर्भवती महिलाका लागि सही हुँदैन ।

पहाड चढ्ने : पहाड चढ्नु पनि सुरक्षित मानिँदैन । प्रायः यस्तो खालको क्रियाकलापमा लड्ने, चोटपटक लाग्ने सम्भावना अत्यधिक हुन्छ ।

गर्भावस्थामा हिँड्नुका फाइदा

  • गर्भावस्थाको कुनै पनि समयमा हिँड्न सकिन्छ ।
  • यसले गर्भावस्थामा महिलाको स्वस्थ तौल बढ्नमा सहयोग हुन्छ ।
  • नियमित हिँड्नाले डाढ दुख्ने समस्याबाट पनि राहत पाइन्छ र मांसपेशी पनि बलियो हुन्छन् ।
  • वाक गर्नाले कब्जियतको समस्याबाट पनि राहत पाइन्छ ।
  • गर्भावस्थाको क्रममा हिँड्नु भनेको सम्पूर्ण शरीरको स्वास्थ्यका लागि सकारात्मक मानिन्छ ।
  • यसले रक्तसञ्चार र मुटुको स्वास्थ्य पनि राम्रो हुन्छ ।

Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved