प्रभु बैंकका डेपुटी सीईओ न्यौपानेसहित १० जनालाई पाँच दिन हिरासतमा राख्न अनुमति

नेपालभ्युज

प्रभु बैंकका डेपुटी सीईओ न्यौपानेसहित १० जनालाई पाँच दिन हिरासतमा राख्न अनुमति

काठमाडौं । प्रभु बैंकका डेपुटी सीईओ मनोज न्यौपानेसहित १० जनालाई जिल्ला अदालत काठमाडौंले पाँच दिन हिरासतमा राख्न अनुमति दिएको छ।

ऋण प्रवाह दुरुपयोग गरेको आरोपमा पक्राउ परेका न्यौपाने, तत्कालीन सेञ्चुरी कमर्सियल बैंकका पूर्वसीईओ तुलसीराम गौतमसहित १० जनालाई हिरासतमा राख्न अदालतले अनुमति दिएको हो।

न्यापानेसंगै उनका चार जना बहालवाला कर्मचारीहरू दिलीप बराम, दिपेश प्रधान, रमन श्रेष्ठ र राजेश भण्डारीसमेत पक्राउ परेका थिए ।

सेन्चुरी बैंक हालै मात्र प्रभुमा मर्ज भएको थियो । न्यौपाने मर्जपछि प्रभु बैंकमा सिनियर डेपुटी सीईओको रुपमा कार्यरत थिए ।

कमसल धितो राखेर उनीहरुले बैंकिङ कसुर गरेको प्रहरी स्रोतको भनाई छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved