बच्चा चोरी आरोपमा महिलालाई ५ दिन हिरासतमा राख्न अनुमति

नेपालभ्युज

बच्चा चोरी आरोपमा महिलालाई ५ दिन हिरासतमा राख्न अनुमति

काठमाडौं । बच्चा चोरेको आरोपमा पक्राउ परेकी महिलालाई अदालतले ५ दिन हिरासतमा राख्न अनुमति दिएको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौंका अनुासर मनकुमारी सिंहलाई प्रसूति तथा स्त्रीरोग अस्पतालबाट २६ दिनको बालिका चोरी गरेको आरोपमा ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न जिल्ला अदालत काठमाडौँले अनुमति दिएको हो ।

उनी विरुद्ध प्रहरीले  अपहरण तथा शरीर बन्धक मुद्दामा जाहेरी दर्ता गरेर अनुसन्धान गरिरहेको छ । अदालतले यसअघि प्रहरीले सोधपुछका लागी नियन्त्रणमा लिएको उनका पति  नरेन्द्र मल्ल र दिदी शारदा शाहीलाई थुनामुक्त गरेको छ


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved