घाँटी र काँधको दुखाईमा राहत दिने योगासन

नेपालभ्युज

घाँटी र काँधको दुखाईमा राहत दिने योगासन

एजेन्सी । लामो समय ल्यापटप तथा कम्प्यूटर आदिमा बसेर काम गर्दा घाँटी र काँधहरुमा दुखाई हुन थाल्छ । यो समस्या त्यतिबेला बढ्न थाल्छ, जब हामी ब्रेक नलिइकन लामो समयसम्म काम गरिरहन्छौं । यसका लागि दैनिक केही योगासनहरु गर्न सकिन्छ । जसले यस्तो खालको दुखाईमा राहत दिन्छ ।
स्फिंक्स पोज
यदी तपाईंलाई धेरै योगासनको जानकारी छैन भने यो आसन तपाईंका लागि एकदमै सजिलो हुन्छ । यसलाई गर्नका लागि हातलाई काँधको अगाडि पेटको बलमा पल्टिएर अगाडि राख्नुहोस् ।
स्फिंक्स पोज घाँटी र काँधका लागि राम्रो योगासन हो । यो आसनलाई दुई मिनेटसम्म दैनिक रुपमा गर्नाले घाँटी र काँधमा भएको दुखाईबाट राहत पाउन सकिन्छ ।
वारियर पोज
यो पोज मुख्य रुपमा छाती तथा काँधका लागि हुन्छ । यसले घाँटीलाई सिधा राख्न पनि सहयोग गर्छ । यसबाहेक यो आसन गर्न पनि एकदमै सजिलो हुन्छ ।
यो आसनलाई गर्नका लागि उभिएको अवस्थामा एउटा खुट्टालाई पछाडि लगेर जानुहोस् । साथमा दोस्रो खुट्टालाई थोरै बाँङ्गो गरेर अगाडितिर लग्नुहोस् ।
टु फुटेड पोज
यो आसनलाई गर्न पनि एकदमै फाइदाजनक हुन्छ । यसले खुट्टालाई बलियो बनाउने बाहेक ढाडको हड्डीलाई पनि लचिलो बनाउँछ ।
यो पोज गर्नका लागि तपाईं सबैभन्दा पहिलो ढाडको बलमा पल्टिनुहोस् । त्यसपछि हातलाई तल राखेर घुट्टालाई माथि उठाउनुहोस् । विस्तारै शरीरलाई माथितिर उठाउँदै लग्नुहोस् ।
घाँटी र काँधका लागि यी सबै योगासन एकदमै प्रभावकारी हुन्छन् । यसले शरीरको पेल्विक एरियालाई पनि बलियो बनाउने काम गर्छ । नियमित रुपमा यति योगासनहरु गरे पनि तपाईं घाँटी र काँध दुखेकोबाट राहत पाउन सक्नुहुन्छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved