एजेन्सी । सोयाबीन अर्थात भटमासमा मांसहारी खाना, अन्डा तथा दुध आदि सबैमा भन्दा धेरै पोषक तत्त्व पाइन्छन् । भिटामिन तथा मिनरल्सहरुले भरपूर भटमास हाम्रो लागि एकदमै तागत दिने खाना हो । आउनुहोस् जानौं यसलाई खाँदा हुने फाइदाका बारेमा–
- भटमासमा हुने पोषक तत्वहरुले रक्तसञ्चारलाई राम्रो बनाउने काम गर्छ । साथमा यसको सेवनले शरीर सुन्निएको समस्या पनि कम हुन्छ ।
- नियमित रुपमा भटमासको सेवन गर्नाले मुटु पनि स्वस्थ रहन्छ । जसले गर्दा मुटुसम्बन्धी विमारीहरुको खतरा पनि कम हुन्छ ।
- भटमासमा फाइबर र प्रोटिन भरपूर मात्रामा हुन्छ, जसले तौल घटाउन सहयोग गर्छ । यसको सेवनले पाचन प्रणाली पनि बलियो बन्छ ।
- क्याल्सियम, मिनरल्स आदिले भरपूर भटमास खानाले हड्डी बलियो हुनुका साथै यसले मांसपेशीहरुलाई पनि बलियो बनाउने काम गर्छ । सही मात्रामा यसको नियमित सेवनले चिसो आदिले हुने जोर्नी दुखाईहरु पनि कम हुन्छ ।
- गर्भावस्थामा भटमासको सेवन गर्नाले भ्रुणको विकास तीव्र गतिमा हुन्छ र महिलाहरुमा हुने शारीरिक कमजोरी पनि कम हुन्छ ।
- त्यसो त भटमास शरीरका लागि एकदमै धेरै फाइदाजनक हुन्छ । तर तपाईं यदी कुनै विमारी हुनुहुन्छ वा कुनै एलर्जी छ भने डाक्टरको सल्लाहबाट मात्र भटमासको सेवन गर्नुहोस् ।
- एक दिनमा १०० ग्राम भटमासको सेवन गर्न सकिन्छ । यसलाई तपाईं तरकारी, सलाद आदि बनाएर पनि खान सक्नुहुन्छ । यसलाई पानीमा उमालेर वा सुख्खा भुटेर पनि सेवन गर्न सकिन्छ ।
Facebook Comment
Comment