यी चिजले पुरुषको स्पर्म काउन्ट बढाउँछन्

नेपालभ्युज

यी चिजले पुरुषको स्पर्म काउन्ट बढाउँछन्

एजेन्सी । शरीरमा पोषणको कमी तथा तनावको असर स्पर्म काउन्टमा पनि पर्दछ ।

यस्तोमा नियमित रुपमा केही चिज खाँदा पुरुषको स्पर्म काउन्ट बढाउन सहयोग पुग्दछ । आउनुहोस् जानौं स्पर्म काउन्ट बढाउने प्राकृतिक तरिका बारे –

लसुन

लसुनमा राम्रो मात्रामा भिटामिन बी ६ पाइन्छ, जसले पुरुषको स्पर्म काउन्ट बढाउँछ । यसले प्रजनन क्षमतासम्बन्धी समस्याबाट पनि राहत दिन्छ ।

पालक

पालकमा भरपूर मात्रामा आइरन, भिटामिन सी र फोलिक एसिड पाइन्छ । यस्तोमा यसको सेवनले स्पर्म काउन्टलाई बढाउन सहयोग पुग्दछ ।

अन्डा

अन्डामा पनि राम्रो मात्रामा भिटामिन ई, प्रोटिन र जिंक पाइन्छ । यसले पनि स्पर्म काउन्ट बढाउन मद्दत गर्दछ ।

अश्वगन्धा

अश्वगन्धा आयुर्वेदिक जडिबुटीमध्ये एक हो । यसको सेवन गरेर शरीरमा रक्तसञ्चार राम्रो बनाउने तथा तनाव कम गर्न सकिन्छ । साथमा यसको नियमित सेवनले पुरुषको स्पर्म काउन्ट बढाउन पनि सहयोग गर्दछ ।

टमाटर

टमाटरमा भरपूर मात्रामा लाइकोपीन र एन्टीअक्सीडेन्टका गुण पाइन्छन् । जसले स्पर्म काउन्टलाई बढावा दिनुका साथै स्वास्थ्यका लागि पनि फाइदाजनक हुन्छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved