एजेन्सी । बढ्दो उमेरसँगै छालामा पनि विभिन्न समस्याहरु हुन थाल्छन् । यस्तै समस्यामध्ये एक हो, छाला पातलो हुनु । उमेर बढ्दै जाँदा बाहिरी छाला एपिडर्मिस मोटो रहँदैन, जसले गर्दा छाला पातलो हुन थाल्छ । जानौं छाला पातलो हुनुका कारणहरु-
- छाला पातलो हुँदै जाँदा चोट छिटो लाग्न सक्छ जसले छाला छिटो ड्यामेज हुन्छ । बढ्दो उमेर, खराब खानपान, छालाको सुरक्षा नगर्नाले पनि छाला पातलो हुने गर्छ ।
- लामो समय घाममा रहँदा छाला पातलो हुने समस्या हुन्छ ।
- स्टेरोयड क्रीमले पनि छालामा चाउरीपना आउँछ । जसले गर्दा छाला खुकुलो तथा पातलो हुन्छ ।
- चुरोट, रक्सी पिउने गर्दा पनि छाला पातलो हुने तथा सुख्खा हुने समस्या अत्याधिक हुन्छ ।
- केही औषधीहरुको सेवन गर्दा साइड इफेक्टको रुपमा पनि छाला पातलो हुने गर्छ ।
- कुनै प्रकारको दीर्घरोग जस्तै: मधुमेह, रक्तचाप, तनाव आदिको समस्याले पनि छाला छिट्टै बुढो देखिने तथा पातलो हुने समस्या हुन्छ ।
Facebook Comment
Comment