परराष्ट्रमन्त्री साउद भारत प्रस्थान गर्दै, रायसिना संवादमा सहभागी हुने

नेपालभ्युज

परराष्ट्रमन्त्री साउद भारत प्रस्थान गर्दै, रायसिना संवादमा सहभागी हुने

काठमाडौं । परराष्ट्रमन्त्री नारायण प्रकाश साउद बहुपक्षीय मञ्च ‘रायसिना संवाद’को नवौँ संस्करणमा भाग लिन आज भारत प्रस्थान गर्दैछन् । रायसिना संवादका लागि मन्त्री साउद आज नयाँ दिल्ली प्रस्थान गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

मन्त्री साउदले पर्सी शुक्रबार फोरमलाई सम्बोधन गर्ने कार्यसूची छ । नयाँदिल्लीमा रहँदा परराष्ट्रमन्त्रीले भारत सरकारका साथै अन्य सहभागी देशका उच्चस्तरीय व्यक्तित्वसँग पनि भेट गर्नेछन् ।

रायसिना संवाद एक बहुपक्षीय मञ्च हो जसलाई अब्जर्भर रिसर्च फाउन्डेसनले भारत सरकारको विदेश मन्त्रालयसँगको सहकार्यमा आयोजना गरेको हो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved