भारत भ्रमणमा जाँदै परराष्ट्रमन्त्री साउद

नेपालभ्युज

भारत भ्रमणमा जाँदै परराष्ट्रमन्त्री साउद

काठमाडौं । परराष्ट्रमन्त्री नारायण प्रकाश साउद बहुपक्षीय मञ्च ‘रायसिना संवाद’को नवौँ संस्करणमा भाग लिन  बुधबार नयाँदिल्ली प्रस्थान गर्दै छन् । मन्त्री साउदले यही फागुन ११ गते शुक्रबार फोरमलाई सम्बोधन गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

नयाँदिल्लीमा रहँदा परराष्ट्रमन्त्रीले भारत सरकारका साथै अन्य सहभागी देशका उच्चस्तरीय व्यक्तित्वसँग पनि भेट गर्नेछन् ।

रायसिना संवाद एक बहुपक्षीय मञ्च हो जसलाई अब्जर्भर रिसर्च फाउन्डेसनले भारत सरकारको विदेश मन्त्रालयसँगको सहकार्यमा आयोजना गरेको हो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved