‘गठबन्धन नगर्ने’ गगन थापाको सांगठनिक प्रस्ताव महासमिति बैठकमा पेस

नेपालभ्युज

‘गठबन्धन नगर्ने’ गगन थापाको सांगठनिक प्रस्ताव महासमिति बैठकमा पेस

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले महासमिति बैठकमा सांगठनिक प्रस्ताव पेस गरेका छन् ।

ललितपुरको गोदावरीमा जारी महासमिति बैठकमा उनले प्रस्‍ताव पेस गरेका हुन्।

प्रस्ताव पेस गर्दै थापाले एक्लै चुनाव लड्ने र रूखमा मात्रै मत हाल्ने सुनिश्चितता गरेको बताएका छन् ।

आफ्नै संगठनलाई थप ऊर्जाशील बनाउँदै आम जनताको मत र विश्वास बढाएर नेपाली कांग्रेसले एक्लै बहुमत ल्याउन सक्ने पार्टीका रूपमा पुन:स्थापित गर्ने उनले बताए ।

महामन्त्री थापाले आफ्नो प्रस्तावमा गठबन्धन नगर्ने प्रस्ताव राखेपछि सभापति शेरबहादुर देउवाले रोक्न खोजेका थिए। तर, सोमबार मध्यरातिसम्म भएको छलफलपछि देउवाले उक्त प्रस्तावमा सहमति जनाए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved