कांग्रेसमा एक्लै चुनाव लड्ने संकल्पमा सहमति, चुनावमा गठबन्धन नगर्ने प्रस्तावमा देउवा सहमत

लामो समयपछि अन्ततः स्विकार्न तयार भए । ’कार्यकर्ता उत्साहित बनाउन नसक्ने, भोलिको चुनाव कांग्रेस एक्लै लड्छ भन्न नसक्ने ?’ भन्दै केही नेताहरूले सभापति देउवालाई प्रश्न सोधेपछि देउवा गले ।

नेपालभ्युज

कांग्रेसमा एक्लै चुनाव लड्ने संकल्पमा सहमति, चुनावमा गठबन्धन नगर्ने प्रस्तावमा देउवा सहमत

काठमाडौं । ’०७९ को चुनावमा गठबन्धन गर्नु हाम्रो बाध्यता थियो, तर नेपाली कांग्रेस दृढ संकल्प गर्छ कि हामी आगामी चुनावहरू हाम्रो आफ्नै तागतमा एक्लै लड्ने छौँ, र हाम्रा समर्थक–शुभेच्छुकलाई रूख चिह्नमा मात्रै मत हाल्न पाउने सुनिश्चित गर्नेछौँ’ कांग्रेस सभापति शेरबहादुर देउवाले महामन्त्री गगन थापाको यो साङ्गठनिक प्रस्तावमा असहमति जनाएका थिए ।

तर, लामो समयपछि अन्ततः स्विकार्न तयार भए । ’कार्यकर्ता उत्साहित बनाउन नसक्ने, भोलिको चुनाव कांग्रेस एक्लै लड्छ भन्न नसक्ने ?’ भन्दै केही नेताहरूले सभापति देउवालाई प्रश्न सोधेपछि देउवा गले ।

महासमिति उद्घाटन सकिँदासम्म पनि साङ्गठनिक प्रस्तावमा सहमति हुन सकेको थिएन । अहिले नै गठबन्धनबारे प्रस्तावमा केही लेख्न नहुने अडान दुई दिनदेखि देउवाले राखेका थिए । अन्ततः देउवा अडानबाट पछि हटेका हुन् ।

सोमबार अपराह्नदेखि निवास बुढानीलकण्ठमा करिब ५ घण्टा पदाधिकारी र पूर्वपदाधिकारी सहभागी बैठकमा महामन्त्री थापाको प्रस्तावबारे केन्द्रित रहेर छलफल भएको थियो ।

अहिलेका केही पदाधिकारी र केही पूर्वपदाधिकारीहरूले बुढानीलकण्ठ बैठकमा महामन्त्री थापाको प्रस्तावको समर्थन गरेका थिए । यसले देउवालाई समझदारीमा आउन दबाब पुगेको थियो ।

महामन्त्री थापाको प्रस्तावमा सहमहामन्त्रीहरू महालक्ष्मी उपाध्याय डिना, भिस्मराज आङ्दम्बे, बद्री पाण्डे, गोपालमानश्रेष्ठ लगायतले बुढानीलकण्ठ बैठकमा समर्थन गरेका थिए ।

बुढानीलकण्ठ बैठकमा शेखर कोइरालालाई बोलाइए पनि उनी उपस्थित भएका थिएनन् । कांग्रेस महासमिति बैठक सोमबार उद्घाटन गरिएको थियो । मंगलबार बिहान ९ बजेदेखि पुनः बैठक सुरु हुनेछ ।

सहमति सँगै कांग्रेसले महासमिति बैठकमा भविष्यमा हुने चुनावमा एक्लै लड्ने संकल्प गर्ने प्रस्ताव नै लैजाने भएको छ । यो सहमतिसँगै महामन्त्री थापाको साङ्गठनिक प्रतिवेदनले अन्तिम रूप पाएको छ ।

मंगलबार बिहान ९ बजे सुरु हुने बन्दसत्रमा उपसभापति पूर्णबहादुर खड्काको नीति, महामन्त्री थापाको साङ्गठनिक, अर्का महामन्त्री विश्वप्रकाश शर्माको समसामयिक राजनीतिक र प्रवक्ता डा. प्रकाश शरण महतको आर्थिक प्रतिवेदन पेस गर्ने कार्यसूची छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved