एजेन्सी । अहिलेको खराब खानपान तथा सिथिल जीवनशैलीले मानिसको शरीरमा तीव्र गतिमा गम्भीर समस्याहरु देखिन थालेका छन् ।
यिनै गम्भीर समस्यामध्ये एउटा हो ‘रुमेटाइड अर्थराइटिस’ । त्यसो त यो वृद्ध व्यक्तिहरुमा हुने रोग हो । तर, अहिले कुनै पनि उमेर समूहका व्यक्तिमा यो समस्या देखिन थालेको छ । जानौं यो समस्या भएको छ कि छैन भनेर कसरी पत्ता लगाउन सकिन्छ-
- रुमेटाइड अर्थराइटिस एक प्रकारको अटोइम्यून डिजीज हो । यो रोगले पीडित व्यक्तिहरुले जोर्नीहरु सुन्निने, दुख्ने तथा अड्किने जस्ता समस्याहरुको सामना गर्छन् ।
- रुमेटाइड अर्थराइटिसका रोगीहरुलाई बिहान उठ्ने बेला हात तथा खुट्टामा कडा दुखाई महसुस हुन्छ ।
- यो रोगले शरीरका जोर्नीहरुमा प्रभावित पार्दछ । शरीरका जोर्नीहरु सुन्निने, दुख्ने समस्या देखिन सक्छ । घुँडा, काँध, कुहिना आदिका जोर्नीहरु दुख्ने समस्या हुन्छ ।
- रुमेटाइड अर्थराइटिसका रोगीहरुलाई भोक पनि कम लाग्न थाल्छ । यसले शरीरमा पोषणको कमी हुन्छ र अझै धेरै कमजोरी आउन थाल्छ ।
- यदी लामो समयसम्म खुट्टा तथा हातहरुमा झनझनाहटको समस्या भइरहेको छ भने यो रुमेटाइड अर्थराइटिसको समस्यातिर संकेत गर्दछ ।
- यसले शरीरलाई भित्रैदेखि कमजोर बनाउँछ । यस्तोमा तपाईंलाई हरेक समय थकान तथा कमजोरी महसुस हुन्छ ।
Facebook Comment
Comment