दक्षिण भारतीय हिरो जसले रिजेक्ट गरे ७५ फिल्म, मात्र एउटा फिल्मबाट भए सुपरहिट

नेपालभ्युज

दक्षिण भारतीय हिरो जसले रिजेक्ट गरे ७५ फिल्म, मात्र एउटा फिल्मबाट भए सुपरहिट

एजेन्सी । फिल्म हनुमान आउनुअघि सायदै अभिनेता तेजा सज्जालाई मानिसले चिन्दथे । तर, अहिले उनी चारैतिर चर्चामा छन् ।

प्रशान्त वर्माको फिल्म हनुमानमा काम गरेर अब उनी देशविदेशमा चर्चाको विषय बनेका छन् । धेरैले उनको प्रशंसा गरिरहेका छन् ।

हनुमानले भारतीय बक्स अफिसमा थुप्रै ठूला फिल्मलाई टक्कर दिँदै आफ्नो छुट्टै पहिचान बनाएको छ। अभिनेताले एक अन्तरवार्तामा खुलासा गरेका छन् कि उनले यस फिल्मका लागि कति धेरै बलिदान पनि दिएका छन् ।

तेजा सज्जाको भनाईअनुसार साढे दुई वर्षमा उनले हनुमान फिल्मका लागि मात्रै ध्यान केन्द्रित गरे । अभिनेताका अनुसार यस फिल्मका लागि उनले ७० देखि ७५ वटा प्रोजेक्ट्स अश्वीकार गरेका थिए ।

तेजा सज्जाको भनाईअनुसार अश्वीकार गरिएकामध्ये १५ वटा एकदमै शानदार फिल्म थिए जहाँबाट उनले एकदमै धेरै कमाई पनि गर्न सक्थे ।

तेजा सज्जाको हनुमानमा हरेक स्टन्ट बिना नक्कली तथा स्पेशल इफेक्ट्सबाट गरिएको छ । सबै उनले आफै गरेका हुन् । करीब ४० करोड बजेटको यो फिल्मले अहिलेसम्म ३०० करोडभन्दा धेरै कमाई गरिसकेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved